//=time() ?>
निषेधाज्ञा, लकडाउन वा कर्फ्यु त तपशीलका कुरा(उपाय) हुन् । संक्रमण "आत्मअनुशासन"ले रोकिने हो । यो बिना सबै उपाय बेकार ।
हजुरबाको यो पेन्टिंग कलाकार पृथ्वीमान चित्रकारले बनाउनुभएको थियो । फुच्चे छँदा खाटमाथि स्टुलमा चढेर भित्ताको यो चित्र राम्ररी नियाल्थेँ । यसका हरेक रेखा, रंग र शैलीलाई अभ्यास गरेर कण्ठ पारेको थिएँ । यसबाट धेरै सिकेर लिएँ । मलाई मन पर्ने "गुरु" चित्र भएकोले पोस्ट गरेँ ।